भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटबाट सन्यास घोषणा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटबाट सन्यास घोषणा



काठमाडौं। चर्चित भारतीय क्रिकेटर गौतम गम्भीरले मंगलबार सबै फर्म्याटको क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।

ट्वीटरमा एक भिडियो अपलोड गर्दै ३७ वर्षिय क्रिकेटर गम्भीरले सन्यास घोषणा गरेका हुन्। गम्भीरले १९९९-२००० मा सुरु भएको आफ्नो क्रिकेट करिअर अन्त्य गर्ने बेला भएको भन्दै सन्यास घोषणा गरेका हुन्।

दुर्इ दशक क्रिकेटमा बिताएका गम्भीरले शुक्रबार रण जी ट्रफीमा आन्द्र प्रदेशविरुद्ध घरेलु मैदान फिरोज शाह कोट्लामा अन्तिम खेल खेल्ने भएका छन्।

गम्भीर अन्तिम पटक भारतीय टिममा सन् २०१६ मा भएको इंग्ल्याण्डविरुद्धको श्रृंखलाको क्रममा पहिलो टेस्टमा देखिएका छन्। त्योसँगै उनले भारतीय टोलीबाट ५८ टेस्ट खेले ।

जसमा उनले ४१.९५ को अौषतमा ४१९५ रन जोडेका छन् । टेस्टमा उनले ९ शतक र २२ अर्धशतक प्रहार गरेका थिए। यस्तै उनले भारतबाट १ सय ४७ वान डे खेल्दै ५ हजार २ सय ३८ रन जोडेका छन् भने ३७ टी-२० अन्तर्राष्ट्रिय पनि खेलेका छन्।