बुटवलबाट पाल्पातर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु



पाल्पा- तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिनुभयो ।

मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो ।