कैलालीको टीकापुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

कैलालीको टीकापुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु



कैलाली ।कैलालीको टीकापुर नगरपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। गएराति टीकापुर नगरपालिका वडा नं. ७ खैरीपुरमा मोटरसाइकल र डन्लप ठोक्किँदा दुईजनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार खैरीपुरमा भएको दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ। दुर्घटनामा १८ वर्षीय पवन पाण्डे घाइते भएका छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ। यता टीकापुर नगरपालिका वडा नं. २ बन्दीपुरमा रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो। दुर्घटनमा २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन्।