आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बाबुलाई २३ वर्ष कैद - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बाबुलाई २३ वर्ष कैद



चौतारा। जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

दुई वर्षअघि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

पटक–पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ले जाहेरी गरेकी थिइन् ।

जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबर्जस्ती करणीका तीन छुट्टा–छुट्टै मुद्दा दर्ता भएको थियो ।

स्रेस्तेदार पौडेलकाअनुसार साउनदेखियता सम्बन्धविच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वृद्धि भएको छ । रासस