मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कार बढ्दै गएको छ:मन्त्री बास्कोटा - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कार बढ्दै गएको छ:मन्त्री बास्कोटा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारका पछिल्ला निर्णयहरुको बारेमा पत्रकारहरुलाई जानकारी गराउनु भएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै उहाँले सरकारले छलफलका क्रममा धेरै बिषय उठाएको र सबैसँगको परामर्शका आधाररमा अगाडि बढ्ने बताउनुभएको छ ।

सरकारका निर्णय सुनाउँदै मन्त्री बास्कोटाले सरकारले मदिरामाथि नियन्त्रण गर्ने कुरा छलफलमा आएको बताउनु भएको छ । मदिरा नियन्त्रण गर्ने बिषय छलफलका क्रममा रहेको समेत स्पष्ट पार्नुभएको छ ।

मदिरा नियन्त्रण किन गर्ने भन्ने प्रश्नमा उहाँले–‘मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कार बढ्दै गएको छ । सरकारले तुरुन्तै नियन्त्रण गर्ने होईन, छलफल, बहस हुन्छ ।’ ‘जहाँ पायो त्यहाँ मदिरा बिक्रि वितरण हुनुहुँदैन, भारतको उदाहरण हेर्नुहोस् एक निश्चित एरियामा मात्रै बिक्रिवितरण हुन्छ, कुनै स्थानहरु यस्ता छन् मदिरा सेवन गर्नकै लागि ठाउँ छोडेर टाढा जानुपर्ने समाचारहरु आउँछन्, उहाँले भन्नुभयो ।’ ।

एक फरक प्रसंगमा बोल्दै मन्त्री बास्कोटाले आइएनजिओको कार्यक्रममा सरकार सह–आयोजक नबसेको स्पष्ट पार्नुभएको छ । नेपालमा आयोजना भएको कार्यक्रमलाई सरकारले सहजीकरण गर्ने दायित्व भएको बताउँदै उहाँले सरकारले विभिन्न देशका राष्ट्र प्रमुखसँग भेट्ने कार्यक्रम रहेको बताउनुभयो । विभिन्न राष्ट्रका राष्ट्र प्रमुखसँग छलफल सम्झौता हुँदा नेपालकै लागि फाईदा हुने उहाँको धारणा थियो ।

एसिया प्यासिफिक एसियाका सबै राजनीतिक पार्टीको एक संगठन भएको बताउँदै उहाँले कुनै राजनीतिक पूर्वाग्रह बिना कार्यक्रम सञ्चालन भएको र नेपालका निम्ति यो कार्यक्रमको धेरै फाइदा भएको बताउनुभयो ।

उहाँले दुखेसो गर्दै पत्रकारका समक्ष चिन्ता समेत व्यक्त गर्नु भएको छ । कतिपय मिडियाले आफ्नो अधिकारको दुरुपयोग गर्दै अनावश्यक बिषय लेखेको उल्लेख गर्नुभयो । जसरी पत्रकारिताको विकास भएको छ, त्यसको बदनाम नगर्न उहाँको आग्रह थियो । सरकारको एक महत्वपूर्ण काम हो अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्ने ।