आज जोर नम्बरका सवारी साधन चलाउन नपाइने - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

आज जोर नम्बरका सवारी साधन चलाउन नपाइने



काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा बिहीबारदेखि सुरु हुने ‘एसिया प्यासिफिक समिट, २०१८’ लाई मध्यनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ।

समिटका लागि काठमाडौं आउने विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनाहरुको सुरक्षा र सहज आवागमनका लागि भन्दै उपत्यकाभर जोर–बिजोर प्रणाली लागू गरिएको हो।

मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चलाउनुपर्ने महानगरीय ट्राफिक महाशाखाको सूचनामा उल्लेख छ।

यसअघि बिम्स्टेक सम्मलेनका दौरानमा पनि यस्तै पद्धति अवलम्बन गरिएको थियो।