१७ सहसचिव र १८९ कर्मचारीकाे सरुवा एकैचोटी - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

१७ सहसचिव र १८९ कर्मचारीकाे सरुवा एकैचोटी



वा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार खरिदारदेखि सहसचिवसम्मका कर्मचारीको ठूलो संख्यामा सरुवा गरेको हो।

प्रदेश र स्थानीय तहमा अहिले पनि कर्मचारी अभाव यथावत् छ। सहसचिव र उपसचिवस्तरका कर्मचारीको छिटोछिटो सरुवा गरी प्रशासनलाई अस्थिर पार्ने गरेको आरोप सरकारमाथि लाग्दै आइरहेको छ। सरकारले कर्मचारी समायोजन प्रक्रिया थाल्न नसक्दा कर्मचारीहरू स्थानीय तह र प्रदेशमा जान मानिरहेका छैनन्। सामान्य प्रशासन मन्त्रालयका अनुसार केन्द्रका विभिन्न निकायमा कार्यरत १११ जना नायब सुुब्बा र खरिदारलाई स्थानीय तहमा सरुवा गरिएको खबर राजधानी दैनिकमा छ।

राजनीतिक आस्थाका आधारमा कर्मचारीको फेरबदल गरिएको स्रोतको दाबी छ। सरुवा भएकाहरूमा प्रशासन र प्राविधिक दुवै समूहका कर्मचारी छन्। यस्तै, मन्त्रालयले अधिकृतस्तरका ३७ जना र उपसचिवस्तरका २४ जना कर्मचारीलाई पनि सरुवा गरेको छ। स्थानीय तहका वडामा ठूलो संख्यामा कर्मचारी अभाव छ। वडा तथा स्थानीय तहमा खरिदार र सुब्बा पठाइएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ।

विभिन्न स्थानीय तहमा छोटो छोटो समयमा प्रमुख प्रशासकीय अधिकृतहरूको फेरबदल भइरहँदा स्थानीय तहको कामकाज प्रत्यक्ष रूपमा प्रभावित भएको गुनासो स्थानीय तहले गर्दै आइरहेका छन्।