डा. गोबिन्द केसीको १६ अनसनको तयारी - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

डा. गोबिन्द केसीको १६ अनसनको तयारी



काठमाडौँ – चिकित्सा शिक्षामा सुधारको माग गर्दै पटकपटक अनशनमा बस्दै आएका डा. गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नका लागि तीन हप्ते अल्टिमेटम दिने भएका छन् ।

आफ्नो १५ औँ सत्याग्रहका बेला भएको सम्झौता अनुसार सरकारले काम नगरेको भन्दै डा. केसीले सोमबार पत्रकार सम्मेलन गरेर अल्टिमेटमसहित त्यो अवधिमा माग पूरा नभए १६ औँ सत्याग्रह गर्ने घोषणा गर्नका लागेका हुन् ।

डा. केसीले दिउँसो ३ बजे त्रिवि शिक्षण अस्पतालको गणेशमान स्मृति भवनमा पत्रकार सम्मेलन गरेर अल्टिमेटसहित आफ्ना माग प्रस्तुत गर्ने बताइएको छ । तीन हप्ताको समय दिन र पूरा नभए १६ औँ सत्याग्रह सुरु गर्ने तयारीमा डा. केही रहेको उनका सहयोगीले बताएका छन् ।