धर्म प्रचार गर्न आएकी अस्ट्रेलियाली युवती निष्कासित - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

धर्म प्रचार गर्न आएकी अस्ट्रेलियाली युवती निष्कासित

काठमाडौं : गृह मन्त्रालयले इसाई धर्म प्रचार गर्ने एक अस्ट्रेलियाली युवतीलाई निष्कासन गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले अध्ययन भिसाको दुरुपयोग गर्दै धर्म प्रचारमा संलग्न भएको आरोपमा पक्राउ गरी उनलाई अध्यागमन विभागमा बुझाएको थियो।

गृहले शुक्रबार अस्ट्रेलियाली युवती क्याटिया ग्रामलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध लगाई निष्कासन गर्ने निर्णय गरेको थियो। ती युवतीले चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा मानविकी संकायमा अध्ययन गर्न भिसा लिएकी थिइन्।

प्रहरीले बर्दियाको गुलरिया नपरपालिकास्थित बजार क्षेत्रमा केही नेपालीलाई साथमा लिएर गुलरिया क्षेत्रमा क्रिस्चियन धर्म प्रचार गरिरहेको बेला कात्तिक २६ गते पक्रिएको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाएको थियो। अध्यागमन विभागले ती युवतीको भूमिका पुष्टि गरेपछि निष्कासन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

गृहसचिव राईले सचिवस्तरीय निर्णय गर्दै उनलाइ निष्कासन गर्नुपर्ने अध्यागमन विभागको प्रस्तावलाई सदर गरेका छन्। अस्ट्रेलिया फर्किने हवाई टिकट पेस गरेपछि विभागले उनलाई फिर्ता गर्नेछ।

नेपालको संविधानले धर्म प्रचारलाई निषेध गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले ग्रामका साथबाट धर्म प्रचार गर्दा चाहिने बाइबल, डायरी, पर्चालगायत भिडियोसमेत फेला पारेको थियो। गृह मन्त्रालयले मंगलबार बुटवलबाट दुई जापानी महिलालाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध लगाई निष्कासन गरेको थियो।