प्रदेश सभा सदस्य ‘राजा बाबु’को गोली प्रहार गरि हत्या
कपिलवस्तु । गत बर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका दिपेन्द्र कुमार चौधरी ‘राजा बाबु’ को गोली प्रहार गरि हत्या भएको छ ।
शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित घर नजिकैको सडकमा अज्ञात समुहले उनलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भिर घाईते भएका उनलाई लबनी स्थित स्थानीय अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका क्रममा भैरहवा लिँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
गोली प्रहार भएको स्थानमा गोलीका ३, ४ खोका भेटिएको र केहि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको छ ।