बल्कोटे ठिटो कृष्ण सापकोटाले रोजे सृजना रेश्मी मगर (भिडियो सहित) - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

बल्कोटे ठिटो कृष्ण सापकोटाले रोजे सृजना रेश्मी मगर (भिडियो सहित)



समीर प्रकाश पाण्डे

अर्घाखाँचीमा जन्मिएर पछिल्लो समय नेपाली गीत सङ्गीत को क्षेत्रमा सक्रिय कलाकार कृष्ण सापकोटाले एक पछि अर्को गीत बजारमा ल्याइरहेका छन् केही समय अगाडि मात्र नायिका एलिना रायमाझीलाई लिएर “ कृष्ने मेरो नाम ” दर्शक श्रोता माझ पठाएका सापकोटाले हिजो मात्रै “ बल्कोटे ठिटो ” सार्वजनिक गरेका छन् यसमा भने उनले मोडल सुजना रेश्मी मगरलाई रोजेका छन् ।

बेला बेला फरक तरिकाले प्रस्तुत हुने सापकोटा यस पटक यो गीतमा पनि केही फरक दिएका छन् । विशेष त मोडलको रूपमा देखिने उनी पछिल्ला प्रस्तुतिहरुमा शब्द, स्वर हुँदै निर्देशनमा पनि हात हालेका छन् । बल्कोटे ठिटो उनकै निर्देशनमा भिडियो बजारमा आएको छ भने शब्द पनि सापकोटाकै रहेको छ ।

गीतमा स्वर गायक भीम लम्तरी  मगर र गायिका कमला गरुङ्को रहेको छ लय भीम लम्तरी मगरले नै भरेका छन् कमल सौरागको एरेन्जमा गीतको अडियो तयार भएको छ ।

सापकोटा प्रोड्क्सनको ब्यानरमा निर्माण भएको भिडियोलाई हरिस महराले खिचेका छन् यस्तै सम्पादन नवीन घर्ती मगरको रहेको छ । भिडियोमा कृष्ण सापकोटा र सृजना रेश्मी मगरको दमदार अभिनय रहेको छ ।