भारतले बेच्यो नेपालको खोला - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

भारतले बेच्यो नेपालको खोला



काठमाडौं । भारतले नेपालको एउटा खेला चिनियाँ कम्पनीलाई बेचेको छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही आयोजना अहिले उसले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको हो ।

६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो ।यो बेचबिखनलाई लगानी बोर्डले समेत स्वीकृत गरिसकेको छ । लाइसेन्स बेचेबापत प्राप्त हुने रकम भारत लैजान जीएमआरले राष्ट्र बैंकको अन्तिम स्वीकृति पाउन लागेको छ । बेचबिखनको तारतम्य नेपाल सरकारको आंशिक लगानी रहेको बुटबल पावर कम्पनी (बीपीसी) ले मिलाएको समाचार अन्नपूर्ण छ।

त्यस्तै,मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन विदेशमै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिताएका छन् । उनीको १३ औं भ्रमणको रुपमा अहिले जापानमा छन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइट बडी विमान ल्याएर थन्क्याएकोमा गम्भीर चोसो देखाएको समाचार छ ।