प्रकाश दाहालको स्मृति दिवस : थामिएन प्रचण्ड परिवारको आँसु - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रकाश दाहालको स्मृति दिवस : थामिएन प्रचण्ड परिवारको आँसु



काठमाडौं । सधैं चहलपहल हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुलटलारमा मानिसहरुको उपस्थिति बाक्लो रहेपनि सबै मौन देखिन्थे । मानिसहरुको भिड भएर पनि त्यहां सन्नटा छाएको थियो । सबैको अनुहार मलिन थियो । प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसरमा उपस्थित सबै प्रकाशको संझना गरिरहेका थिए । एक बर्ष अघि हृदयघातको कारण निधन भएका प्रकाशको स्मृतिमा परिवारले निवासमा नै कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशको निधन भएपछि जबरजस्त रुपमा सम्हालिएको प्रचण्ड परिवारलाई पुनः एक बर्ष अघिको दुःखद दिनको स्मरणले झन दुःखित बनाएको छ । प्रकाशकी आमा सीता दाहाल पुत्र वियोगमा अझै सम्हालिन सकेकी छैन ।

सोमवार खुमलटारमा आयोजित प्रकाश दाहालको पहिलो स्मृति दिवसमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्ड, सीता दाहाल, प्रकाशकी जीवन संगीनी विना मगर भक्कानिएका थिए ।

नेपाल समाचार पत्रमा प्रकाशित समाचार अनुसार श्रद्धान्जली कार्यक्रम अवधिभर सीता दाहाल सम्हालिन सकिनन् । गहभरी आशु पार्दै सम्हालिनु भएका प्रचण्ड निःशब्द देखिन्थे। विना मगर श्रीमानको वियोगमा झन सम्हालिन सकेकी थिइनन् । उपस्थित सबैको आँखा रसाए ।

नेपालीहरूको माया, सद्भाव र प्रेरणा नभइदिएको भए, हाम्रो परिवार विघटन भइसक्थ्यो, भावुक हुँदै प्रचण्डले भने– ‘पार्टी, नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकमात्रै होइन सिंगो मुलुककै अपूर्व साथ–सहयोग नपाएको भए परिवारमा अर्को दुर्घटना निम्तन्थ्यो ।’