आज सार्वजनिक बिदा - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

आज सार्वजनिक बिदा



काठमाडौं । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन आज केही स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रका सबै कार्यालयमा सोमबार बिदा दिएको छ । हरिबोधनी एकादशीमा चाँगुनारायणमा बिशेष मेला लाग्ने गरेको छ । नगरपालिकाले बिशेष मेलाकै कारण बिदा दिएको हो ।

त्यस्तै दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र समुदायले हरिबोधनी अर्थात बड्की एकादशीका रुपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिनुभयो ।

दनुवार समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले विदा दिइएको होे । नेपाल सरकारबाटै लोपन्मुख जातिमा सूचीकृत समुदायको धर्म जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको बताइएको छ । यसअघि दनुवार समुदायले हरिबोधनी एकादशीमा बिदाको माग गर्दै आएका थिए । स्थानीय सरकारले सार्वजनिक विदा दिन पाउने प्रावधान भए पनि सिन्धुलीमा यो पहिलो विदा हो ।

नगरपालिकामा बसोवास गर्ने बहुसङ्ख्यक आदिवासी दनुवार जातिको विशेष पर्व भएको र नगरकार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिइएको प्रवक्ता रितेश राउतले जानकारी दिनुभयो ।
मुलुकमा अन्य केही नगरपालिका तथा गाउँपालिकाले हरिबोधनी एकादशीमा सार्वजनिक बिदा दिएका छन् ।