प्रधानमन्त्री ओलीले गरेका नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

प्रधानमन्त्री ओलीले गरेका नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राजनीतिक नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले पार्टीबाट निर्णय गर्नु त कता हो कता सामान्य छलफल नै नगरी फुत्तफुत्त राजदूतदेखि विभिन्न नियुक्ति गर्दैआएका छन् । नियुक्ति गरिएका पात्रहरु नेकपामा योगदान गरेकाहरु भए पार्टी पद्धति अनुसार नभए पनि कसैले प्रतिवाद गर्न सक्दैनथे ।

पछिल्लोपटक सरकारले नेकपामा कोही कूटनीति बुझेका मान्छे नै नभएकोजस्तो गरी भारतका लागि राजदूत नियुक्तिका लागि कांग्रेस कोटरीका व्यक्तिलाई सिफारिस गरेको छ ।

पूर्वी युरोपको पूर्वी जर्मनी, सोभियत संघ लगायतका देशमा समाजवाद ढलेपछि कम्युनिष्टहरुका दिन सकिए भन्दै ढोल बजाएर निलाम्बर आचार्य कांग्रेसमा प्रवेश गरेको प्रधानमन्त्री ओलीले देखेकै हुन् । तिनै आचार्यलाई उनले राजदूतमा सिफारिस गरेका छन् । उनले कांग्रेसबाट श्रीलंकाको राजदूत, संविधानसभा सदस्यदेखि नेपाल–भारत प्रबुद्ध समूहमा रहेर लिनुसम्म लाभ लिए । अहिले नेकपामा पनि उनैले अवसर पाएका छन् ।

नेकपाको कार्यकर्ता तह होइन नेतृत्व नै सरकारले गरेको नियुक्तिको प्रतिरक्षा गर्न नसक्ने अवस्थामा पुगका पुगेको छ । आचार्यसँगै इजरायलको राजदूत नियुक्त भएकी अञ्जना शाक्यको नियुक्ति पनि टिकाटिप्पणीको विषय बनेको छ । आजको साँघु साप्ताहिकबाट ।