सलमान खानलाई ज्‍यान मार्ने धम्की दिने युवक पक्राउ - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सलमान खानलाई ज्‍यान मार्ने धम्की दिने युवक पक्राउ



बलिउडका सुपरस्टार सलमान खानलाई ज्‍यान मार्ने धम्की दिने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सलमान खानकै बडीगार्ड शेरा नाम गरेका युवक रहेका छन्।

शेरालाई मुम्बइ अपराध शाखाले पक्राउ गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्। शेरालाई उनको मोबाइल फोनको आधारमा पक्राउ गरिएको हो।

क्राइम शाखाले उनको मोबाइललाई ट्रयाकिङ गरेर छापा शैलीमा पक्राउ गरेको अपराध शाखाका अधिकारीहरुले बताएका छन्। अधिकारीहरुका अनुसार करीब तीन घण्टामा शेरालाई आफ्‍नो नियन्त्रणमा लिएका थिए।

पक्राउपछि उनलाई सिधैं मुम्बइ रवाना गरिएको थियो। युवक विरुद्ध मुम्बइमा ज्‍यान मार्ने उजुरी समेत दर्ता गरिएको छ।

करेली इन्सपेक्टर विनोद कुमारका अनुसार आरोपित शेराविरुद्ध प्रहरीले अभिनेता सलमान खानलाई ज्‍यान मार्ने धम्की दिएको छ। मुम्बइबाट आएका प्रहरी अधिकारीले भनेका छन्, ‘ शेराले आफ्‍ना साथीहरुसँग मिलेर अभिनेता सलमान खानको ज्‍यान मार्ने योजना बनाइरहेका थिए। साथै उनले धम्की पनि दिउका रहेछन्।’