अनाथ बालबालिकाहरूको सहयोगार्थ सिड्नीमा सांगीतिक  कार्यक्रम हुदैँ - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

अनाथ बालबालिकाहरूको सहयोगार्थ सिड्नीमा सांगीतिक  कार्यक्रम हुदैँ



नेपालमा अनाथ बालबालिकाहरूको सहयोगार्थ अस्ट्रेलियाको सिड्नीमा सांगीतिक  कार्यक्रमको आयोजना हुने भएको छ ।

बिएमएस फिल्म्स र योर स्टाइल अस्ट्रेलियाको आयोजनामा हुँदै गरेको उक्त कार्यक्रममा नेपालका वरिष्ठ लोक गायक बम बहादुर कार्की,लोक गायिका सिवा आले कार्कीको र लोक प्रिय गायिका मञ्जु पौडेलउपस्थित रहनेछ । 

चर्चित सञ्चारकर्मी  अनुषा पौडेलले भने उक्त कार्यक्रमको होस्ट गर्नेछिन् ।यसै गरी कार्यक्रममा नेपालका चर्चित फेसन डिजाइनर उत्तम नेपालीले डिजाइन गरेका विभिन्न फेसनहरूमा स्थानीय मोडेलहरू रयाम्पमा उत्रने छन् ।

२५ डलर तोकिएको उक्त कार्यक्रममा बिक्री भएको टिकट बाट प्रति टिकट ५ डलर अनाथ बाल-बालिकाको सहयोगार्थ जाने पनि कार्यक्रम आयोजकको तर्फबाट बिरेन्द्रदिप मल्लले जनाए । २३ नोभेम्बर साँझ ६ बजेबाट सिड्नी रक्डेलको रेड क्याप्सिकम फंक्सन सेन्टरमा हुने उक्त कार्यक्रम सम्बन्धी थप जनाकारीका लागि वीरेन्द्र दीप मल्ल 0413433515 वा नमित चन्द 0451 475 525 मा सम्पर्क गर्न सकिनेछ।