गीतकार सुबेदीको शब्दमा ‘बिर्सु कसो गरी’ बजारमा (भिडियो सहित)
समिर प्रकाश पाण्डे
लोक गायक सुनिल छेत्री र चर्चित गायिका देवी घर्ती को स्वर मा सजिएको बिर्सु कसो गरी बोलको गीत बजार मा आएको छ । उक्त गीतमा गीतकार शिव सुबेदीको शब्द रहेको छ भने जसमा प्रसाद लामिछानेको लय रहेको छ ।
टङ्क केसीले उक्त भिडियोलाई क्यामेरामा कैद गरेका छन् ,त्यस्तै मोडेल तथा निर्देशक मदन खड्काले निर्देशन गरेका छन् । गीतको भिडियोमा मोडेल सारिका केसी र गणेश जिसीको अभिनय देख्न सकिन्छ ।
गीतलाई अकला देवी म्युजिक प्रा.लि ले बजार व्यवस्थापन गरेको छ ।