उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथद्वारा रेलको उद्घाटन गरिने - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथद्वारा रेलको उद्घाटन गरिने



जनकपुर– भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री योगी आउने टुंगो लागको बताए ।

भारतीय रेलमन्त्री सुरेश प्रभु र उत्तरप्रदेशका मुख्यमन्त्री योगीले भारतीय लगानीमा निर्माण गरिएको जयनगर–जनकपुर–कुर्था ब्रोडगेज रेल्वे खण्ड उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।