प्रधानमन्त्री ओलीको पुत्ला दहन गरे लगत्तै नेवि सङ्घका नेता पोख्रेल प्रहरीद्वारा पक्राउ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

प्रधानमन्त्री ओलीको पुत्ला दहन गरे लगत्तै नेवि सङ्घका नेता पोख्रेल प्रहरीद्वारा पक्राउ



बुटवल । सरकारको विरोध गर्दै बुटवलको मिलनचोकमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी सङ्घका नेता छाया पोखरेललाई प्रहरीले गिरफ्तार गरेको छ । बुटवलको मिलनचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेपछी नेता पोखरेललाई प्रहरीले गिरफ्तार गरेको हो ।

प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा कार्भेमा पक्राउ परेका नेविसंघका नेता कृष्ण ढकालको रिहाइको माग गर्दै नेविसघ आन्दोलनमा उत्रिएको हो ।

आज देशव्यापी विरोध कार्यक्रम अन्र्तगत बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरे लगत्तै नेविसघका नेता छाया पोख्रेललाई प्रहरीले पक्राउ गरेको बिद्यार्थीह्ररुले बताएका छन् ।

बुटवल बहुमुखी क्याम्पसमा पुत्ला दहनको तयारी ने बि सङ्घले गरिरहेका बेला त्यहाँ ठुलो सङ्ख्यामा प्रहरी परिचालन भई प्रहरीले क्याम्पस घेरेपछि केही बिद्यार्थहरुले मिलनचोकमा आएर प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका थिए ।