कांग्रेस नेता आचार्यलाई भारतका लागि राजदूत सिफारिस - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

कांग्रेस नेता आचार्यलाई भारतका लागि राजदूत सिफारिस



काठमाडौं- सरकारले पूर्वमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूत सिफारिस गरेको छ।

उनी प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता पनि हुन्। बौद्धिक व्यक्तित्व मानिने आचार्यले अढाइ दशकअघि श्रीलंकाका लागि राजदूतको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

संविधानको मस्यौदाकार पनि हुन् उनी। नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)का सदस्य छन्। तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभामा उम्मेदवार बन्‍न राजिनामा दिएपछि नयाँदिल्लीस्थित नेपाली दूतावास प्रमुखविहीन थियो।

आइतबार रातिको मन्त्रिपरिषद् बैठकले आचार्यसहित संयुक्त अरब इमिरेट्स (यूएई)का लागि कृष्णप्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूत सिफारिस गरेको छ।