पशुपतिनाथ संसारकै उत्कृष्ट मन्दिर ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

पशुपतिनाथ संसारकै उत्कृष्ट मन्दिर !



काठमाडौं– पशुपतिनाथ मन्दिर संसारकै पौराणिक महत्व बोकेको मन्दिरको रुपमा सम्मानित भएको छ। ‘वोल्र्ड बुक अफ रेकर्डस्’ले आइतबार पशुपति विकास कोषका अध्यक्षसमेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई सो अवार्ड प्रदान गरिएको थियो।

वर्षेनी विश्वका धेरै हिन्दु धर्मावलम्बीहरु पशुपति दर्शनका लागि काठमाडौं आउने गर्दछन्। पशुपतिनाथको मन्दिरमा शिवरात्री, तीज, बालाचतुर्दशी, श्रावण महिनाभर दर्शनार्थीको भीड लाग्ने गर्दछ।

यस्तै विश्वभरका बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र रहेको लुम्बिनीलाई सबैभन्दा धेरै दर्शनार्थी आउने मन्दिरको रुपमा सम्मान गरिएको छ। लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो।
पशुपतिनाथ मन्दिर र लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत छन्।

‘वल्र्ड बुक अफ रेकर्डस्’ इंग्ल्यान्डको संस्था हो। यसको हालसम्म ७७ राष्ट्र सदस्य रहेका छन्।