नेकपा फुट्न सक्ने खतरा, जन्मियो नयाँ गुट ! - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

नेकपा फुट्न सक्ने खतरा, जन्मियो नयाँ गुट !



काठमाडौं : तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ।

पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको हो। नागरिक दैनिक लेख्छ, सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीका दुई नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो।

पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन्। पछिल्लोपटक सचिवालय बैठक कात्तिक ५ गते बसेको थियो। सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो।

पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डनेताद्वय नेपाल र श्रेष्ठको कदमलाई पार्टीभित्र नयाँ धारको नेतृत्व नभई त्यहीभित्र रहेको ‘धार’ मा पाइन हाल्न खोजेको बताउँछन्। ‘पार्टी एकताबारे पार्टीभित्रको धार भुत्ते भयो, त्यसमा नेताद्वयले पाइन हाल्न खोज्नुभएको थियो। त्यो पनि काम लागेन। त्यसपछि न सचिवलायको बैठकले निरन्तरता पायो न स्थायी समितिकै बैठक बस्न सक्यो’, पाण्डेले भने।