BREAKING: भारतले सीमा क्षेत्रमा झन कडाई गर्ने,एका एक खटायो ठुलो सङ्ख्यामा सुरक्षाकर्मी
काठमाडौं, भारतले नेपालसँग जोडिएको सीमा क्षेत्रमा झन कडाई गर्ने भएको छ ।
सीमा क्षेत्रलाई थप कडा गर्न भारतले नेपालसँग जोडिएको ५६० किलोमिटर क्षेत्रमा एक सय चौपन्न वटा सुरक्षा बर्डर आटपोष्ट स्थापना गर्ने निर्णय गरेको छ ।
सीमा सुरक्षा बलका चौकी स्थापनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न समेत केन्द्र सरकारले निर्देशन दिएको छ । भारतको गृह मन्त्रालयले भूमि अधिग्रहणका लागि २९ करोड २७ लाख ८३ हजार ३२३ रुपैयाँ विनियोजन गरेको छ ।
यतिमात्र होइन उत्तर प्रदेशका प्रमुख सचिवले पनि सीमावर्ती जिल्लाका जिल्ला प्रमुख अधिकारी र प्रहरी प्रमुखलाई पत्र लेखेर भूमि उपलब्ध गराउन निदेर््शन दिएका छन् ।
भारत र नेपालको सीमावर्ती जिल्ला महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, लखिमपुर खीरी, बहराईज र श्रीवस्ीका सबै जिल्ला प्रमुख अधिकारीलाई पत्र लेख्दै उत्तर प्रदेश सरकारका प्रमुख सचिव मनोज बर्माले गृहमन्त्रालयको निर्देशनानुसार बोर्डर आउटपोष्ट स्थापना गर्नका लागि भूमि अधिग्रहण गर्न निर्देशन दिएको जागरण दैनिकले उल्लेख गरेको छ ।
यसरी नयाँ स्थापना हुने सीमा सुरक्षा बलका चौकीहरु सबैभन्दा बेसी रुपन्देही र कपिलबस्तुसँग जोडिएको सीमा क्षेत्रमा निर्माण हुने छन् ।
सिद्धाथनगरको सेमरथवा, नरकुल, बानगंगा, खुनवा, पोखरभिटवा, कपिसहवा, चरिगांव, लीलाडिहवा, भुसौला, झगटी र ठोठरी बाजारमा नयाँ चौकी स्थापना हुने भएका छन् ।
लुम्बिनी भारत र चीनका लागि साझा रणनीतिक क्षेत्र रहेको सन्दर्भममा सिद्धार्थनगरमा यति बढी सीमा सुरक्षा बल भित्रिने कुरालाई सामान्यरुपमा लिन भने सकिँदैन । लुम्बिनीमा अहिले अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढेको र चीनसँग जोड्ने रेलमार्गको समेत काम अघि बढेको छ ।
भारतले आतंकवादीहरुको प्रवेस, अवैध हतियार, लागु पदार्थको तस्करी जस्ता विषय देखाएर सीमा क्षेत्रमा आफ्नो सुरक्षा उपस्थिति बढाउँदै गएको छ । सुरक्षा कुटनीतिज्ञहरु भने भारतका लागि चीनको खतरा सधैं रहेकोले सीमा क्षेत्रमा सुरक्षा बढाएको टिप्पणी गर्दछन् ।
अहिले स्थापना हुने १५४ चौकीसँगै नेपाल र भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको बलियो उपस्थिति हुने भएको छ । नेपालका तर्फबाट भने सीमा सुरक्षा रणनीतिका बारेमा खासै गृहकार्य भएको देखिँदैन ।