फेसबुकका सिईओ मार्क जुगरबर्गकी श्रीमतीले ६१ अरब डलर सहयोग गर्ने घोषणाा - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

फेसबुकका सिईओ मार्क जुगरबर्गकी श्रीमतीले ६१ अरब डलर सहयोग गर्ने घोषणाा



क्यालिफोर्निया । फेसबुकका सिईओ मार्क जकरबर्गकी श्रीमती प्रिसिला चानले नयाँ पुस्ताको भविष्य निर्माणमा ६१ अरब डलर खर्च गर्ने घोषणाा गरेकी छिन् ।

चनले घोषणा गरेको रकम शेयर मूल्यका आधारमा उनीहरुको कूल सम्पत्ति भन्दा बढी रहेको छ । जकरबर्ग र चानले तीन वर्ष अघि छोरी जन्मिँदा आफ्नो ९९ प्रतिशत रकम दान गर्ने घोषणा गरेका थिए । गत वर्ष उनीहरुले चान जकरबर्ग फाउण्डेसनलाई १.९ अरब डलर दिएका थिए ।

चान जकरबर्ग फाउण्डेसनले वर्ष २०१५ देखि बालबालिकाहरुमा समानतालाई बढावा दिन र उनीहरुको शिक्षा स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । फाउण्डेसनको जिम्मेवारी प्रिसिला चानको रहेको छ ।

नयाँ पुस्तालाई बिरामी हुनबाट जोगाउन र उनीहरुको उपचार गर्ने क्षेत्रमा यो फाउण्डेसनले महत्वपूर्ण काम गर्दै आएको छ । यतिमात्रै नभएर उनीहरुले वैज्ञानिक र शोधकर्ताहरुलाई मद्दत गर्ने, प्रविधिसँग जोडिएको सहयोग र लगानीका क्षेत्रमा पनि काम गर्दै आएका छन् । प्रिसिल आफै पनि बच्चाको चिकित्सक हुन ।

गत वर्ष उनीहरुले अमेरिकीहरुलाई सामाजिक सकामका लागि ४१० अरब डलरको राशी दान गरेका थिए । यो २०१६ को तुलनामा ५ प्रतिशत बढी हो । दानको रकममा ७० प्रतिशत हिस्सा व्यक्तिगत डोनेशनको थियो ।
प्रिन्सिला चान भियतनामी शरणार्थी परिवारसँग सम्बनिधत छिन् ।

परिवार र शिक्षकहरुको मद्दतबाट हावर्ड विश्वविद्यालयमा छात्रबृत्ति पाउन सफल चान दन्त चिकित्सक बनेकी थिइन ।उनी ३३ वर्षकी छिन् ।