नरेन्द्र मोदी पुनः नेपाल आउने,ओली मोदीलाई भेट्न जनकपुर जाने - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नरेन्द्र मोदी पुनः नेपाल आउने,ओली मोदीलाई भेट्न जनकपुर जाने



काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल आउन लागेका छन् ।

उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ । मोदीले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सार जाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको परराष्ट्रका एक अधिकारीले बताए । ‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः निश्चित छ’, ती अधिकारीले भने ।

औपचारिक पत्राचार भइनसके पनि छलफल अघि बढेको उनले बताए । कार्यबाहक राजदूत रेग्मीले भने मोदी भ्रमणबारे स्पष्ट हुन चाहेनन् ।उनले भने, ‘काठमाडौंमा केही भएको भए जानकारी भएन । हामीलाई त्यस्तो निर्देशन छैन ।’ अन्नपूर्ण पोष्टबाट