अक्षय कुमार यस्ता भए ! - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अक्षय कुमार यस्ता भए !



काठमाडौं । अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’को ट्रेलर रिलिज भएको छ । हिन्दी र तामिल भाषामा रिलिज गरिएको चलचित्रमा अक्षय कुमार भिलेनको रुपमा देखिएका छन् । फिल्ममा रजनीकान्त मुख्य भुमिकामा देखिएका छन् ।

उक्त टेलरको सामाजिक सञ्जालमा राम्रो प्रशंसा मिलेको छ । करिब ६ सय करोडको बजेटमा बनेको फिल्म भारतको ईतिहासमा अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म हो । फिल्ममा रजनीकान्तले रोवोटको भुमिका निर्वाह गरेका छन् । फिल्ममा भारतमा अहिलेसम्म आएको सबैभन्दा पछिल्लो प्रविधीहरुको प्रयोग गरी बनाईएको हो ।