भारतले एनओसी माग्न थालेपछि यात्रुलाई सस्ती - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

भारतले एनओसी माग्न थालेपछि यात्रुलाई सस्ती



काठमाडौं । भारतका जुनसुकै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ ।

नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई सस्ती भएको छ ।

सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी, अरब, युनाइटेड बरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रुपमा जाने र अलपत्र पर्ने भएपछि रोक्न एनओसी पेस गर्नुपर्ने नियम लागु भएको थियो । अहिले युरोप, अमेरिका, अस्टे«लिया जानेले पनि एनओसी बुझाएर मात्रै जहाजमा उड्ने अनुमति पाउँछन् । नयाँ पत्रिकामा खबर छ ।