तिहारको मौका पारी मनपरी भाडा असुल्दै बझाङका जीप धनी
गणेश विक / बझाङ ।
तिहार नजिकिएसंगै बझाङमा चल्ने जीपहरुले मनपरी भाडा असुल्न थालेका छन् । तिहाररको समयमा देश बिदेशबाट घर आउने समयमा जीप चालकहरुले महँगो भाडा असुल्न थालेका छन् । जिल्लाको सेतिनदी पारी भएर चल्ने एकमात्र खप्तड छान्ना गाउपालिका मा संञ्चालित जीपहरुले मनपरी भाडा लिने गरेको स्थानिय भुमी राज खत्रीले बताए ।
तमैलदेखी कालुखेतिसम्म जम्मा ११ किलोमिटर सडक मात्र छ , कानुन अनुसार उतm सडकमा यात्रा गर्दा १३० रुपैया हुन आउछ । तर यहाका जीप चालकहरुले भने जनताको ठाढ सेक्नेगरी भाडा असुल्दा सिंगो खप्तड छान्ना गाउपालिकाबासी मर्कामा परेका हुन् । केही दिन अघिमात्र उतm ११ किलोमिटर सडकमा यात्रा गर्दा २५० रुपैया भाडा असुल गर्ने जिप चालकले तिहारको मुखमा आएर भाडादर झण्डै चार गुनाले बृद्धी गरेका छन् ।
भाडादर अत्यन्तै महङ्गो भयो भनेर पटक पटक स्थानिय सरकारलाई र छान्ना ईलाका प्रहरी कार्यालयमा जानकारी गराउदा पनी उनिहरुले कुनै चासो नदिएको स्थानियले गुनासो छ ।
जिप चालकले मनोमानि रुपले भाडा उठाउदा पनी स्थानिय निकायका जनप्रतिनिधीहरु भने हेरेर बसेको स्थानियको आरोप छ । अहिले खप्तड छान्ना गाउपालिकामा चल्ने जिपहरुमा अधिकांश स्थानियहरुले चड्न नसुक्ने अबस्था सिजर्नना भएको छ । खप्तड छान्ना गाउँपालिकाका अध्यक्षले भने आफु धनगडी भएकाले जानकारी नपाएको बताए । अबको दिनमा मनोमानी भाडा लिने चालक वा धनी दुबै लाई काब्राही गर्ने तयाँर रहेको उनको भनाई छ ।
चार्डबाडका बेला सबैजसो प्रदेशिएकाहरु र पढ्न तथा रोजगारीको सिलशिलामा बाहिर गएकाहरु फर्किने समयमा गाउघर फर्किने हुदा यतिबेला यहाका जिप धनीहले मनोमानी भाडा असुल गर्ने गरेका छन् ।