छि:ऐलेको जमनामा पनि जातभातको कुरा गर्न लाज लाग्दैन (भिडियो सहित) - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

छि:ऐलेको जमनामा पनि जातभातको कुरा गर्न लाज लाग्दैन (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत सङ्गीतको क्षेत्रमा पछिल्लो समय चाड पर्व विशेष गीतहरू सार्वजनिक भइरहेको बेला यता गायक तथा सर्जक शोभाखर सङ्गीतले निकै फरक खालको गीत “देउता ” सार्वजनिक गरेका छन् |

गीतकार रमेश बिजीको उत्कृष्ट शब्द रहेको सो गीतमा विश्वास नेपालको लय तथा एरेन्जमा सजिएको जातीयताको पर्खालले छेकेको असमान प्रेमकथामा आधारित गीत देउतामा चर्चित लोक दोहोरी गायिका टिका पुन र शोभाखर सङ्गीतको सुमधुर आवाजमा सजिएको छ |

गीत समाजको दर्पण हो, गीत जीवन हो, सामाजिक परिवेशमा हुर्केका हामी त्यही समाजमा अपाच्य कार्य हामीलाई कसरी स्वीकार हुन सक्छ ? चर्चित मोडेल सरिका के सी ले जे गरिन राम्रो गरिन ” देउता एक असमान प्रेम कथा सार्वजनिक भएको यो गीतले धेरै कुरा बताएको कुरा प्रस्ट छ |

उक्त गीतलाई चर्चित मोडेल शङ्कर बि सी ले निर्देशन गरेका छन् भने करन चैसिर ले छायाङ्कन गरेका छन् | नवीन घर्ती मगरको भिडियो सम्पादनमा रहेको उक्त गीतमा चर्चित मोडेल सारिका केसी दलित केटीको भूमिकामा रहेकी र नव मोडेल को रूपमा सन्दीप बिस्टले उपल्लो जातको भूमिका निभाएका छन् | छक्का पन्जा ३ मा पनि आफ्नो अभिनय पोखेकी अभिनेत्री बिमला गिरिले एउटा समाजमा हुने छुवाछुतको उदाहरण मा उपल्लो जातको समाजकी महिलाको भूमिका निभाएकी छन् भने मोडेल सुनिल बलाल मगरले तल्लो जातको भूमिका निभाएका छन्

https://youtu.be/rY6_auDwR0c