बाम सरकारलाई सच्चाउन विश्वप्रकाशको यस्तो फर्मुला - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

बाम सरकारलाई सच्चाउन विश्वप्रकाशको यस्तो फर्मुला



काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका कमजोरीहरुबारे संचारमाध्यममा आएका समाचारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै शर्माले सच्चिनका लागि सत्य समाचारलाई मनन गर्नुपर्ने बताएका हुन् ।

“वीपी कोइराला प्रधानमन्त्री हुँदा के गर्नुभयो त भन्दा प्रतिपक्ष दल सानो छ कमजोर छ भनेर सरकारलाई सच्चिनका लागि समीक्षा नाम गरेको पत्रिका थियो, त्यसलाई म व्यक्तिगत रुपमा सानो रकम दिन्छु, सरकारले गरेको गल्ती लेखिदिनुस् भन्नुभयो । त्यो संस्कृति अहिलेको सरकारमा पनि हुनुपर्छ ।” शर्माले भने ।

सरकार र प्रतिपक्षबीच समृद्धिका लागि साझा संकल्प हुनुपर्ने भन्दै शर्माले बहुमतप्राप्त सरकारले सार्थक ढंगले काम गर्नुपर्ने सुझाब दिए । सरकारले गरेको राम्रो कामलाई प्रतिपक्षी दलले सधैँ सहयोग गर्ने स्पष्ट पारे ।

सरकारसँगको सहकार्यका लागि सिंहदरबारभित्र गएर बस्ने नभै सकारात्मक कामलाई प्रोत्साहन र गलत कामको खबरदारी गरिने बताए ।

शर्माले कांग्रेस महासमितिको बैठक सर्ने भन्ने हल्ला निराधार भएको दावी गरे ।