चन्द्र प्रतिभा सांस्कृतिक क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

चन्द्र प्रतिभा सांस्कृतिक क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न



-ओम प्रकाश बानिया

सुनसरीको बराहक्षेत्र नगरपालिका अन्तर्गत वार्ड नं. ५ कालाबाञ्जर चौकलाई केन्द्रबिन्दु बनाएर कार्तिक १५ गते बिहीबारका दिन साविक भरौल गा.वि.स.को कार्यालय परिसर हालको बराक्षेत्र न.पा.को संयुक्त ३, ४ र ५ को वडा कार्यालयमा रक्तदान जीवनदान भन्ने नाराका साथ चन्द्र प्रतिभा सांस्कृतिक क्लब, बराहक्षेत्र–५ ले बराहक्षेत्र लगायत आसपासका क्षेत्रहरुलाई समेट्दै वर्तमान रगतको अभावलाई न्यूनकिरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा उक्त क्लबका अध्यक्ष वेचन धामीले जानकारी दिएका छन् ।

बराहक्षेत्र नगरपालिका प्रमुख श्री निलम खनालको प्रमुख अतिथ्यता तथा जिल्ला रेडक्रस सोसाइटी एवम् ब्लड बैंक धरान शाखा लगायतको प्राविधिक सहयोग साथै विभिन्न सहयोगी संस्था CASE ब्राण्डको पूर्वाञ्चलको आधिकारिक विक्रेता सेभ कन्स्ट्रक्सन प्रा.लि. त्यस्तै गरी इटहरी जुनियर जेसीज साथै डाँफे एजुकेशन फाउण्डेशन इटहरी एवम् Aprilia र Vespa ब्राण्डको स्कुटरको धरान र इटहरीको आधिकारिक बिक्रेता कुमार एण्ड सन्स अटो टे«ड एण्ड लिङ्कको सहयोगमा उक्त कार्यक्रमबाट ५१ प्रिन्ट रगत सङ्कलन गरी कार्यक्रम सम्पन्न गरेको जानकारी उक्त क्लबका सचिव एवम् कार्यक्रम संयोजक बाबुराम बस्नेतले जानकारी दिएका छन् ।