कांग्रेसमा विवाद:केन्द्रीय समिति बैठक अनिश्चित - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

कांग्रेसमा विवाद:केन्द्रीय समिति बैठक अनिश्चित



काठमाडौं । नेपाली कांग्रेसले मंसिर ५ देखि ९ गतेसम्म राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको महासमिति बैठक पुनः सर्ने भएको छ । नेपाल विद्यार्थी संघको उमेर हदको विषयलाई लिएर विवाद बढेपछि स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित बन्दै गएपछि महासमितिलाई समेत असर परेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित चियापान कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले प्राविधिक कारणले महासमिति बैठक केही समय सर्ने बताउनु भएको हो । उहाँले आफू पार्टीको आउँदो १४औं महाधिवेशनका लागि नेतृत्व लिन तयार रहेको बताउँदै त्यसअघि पार्टी्भित्र देखिएको गुट–उपगुट अन्त्य हुने सम्भावना नरहेको समेत बताउनुभयो ।

२१ असोजमा बसेको केन्द्रीय समितिले बहुमतका आधारमा नेविसंघमा उमेर हद तोकेपछि २५ असोजका लागि बोलाइएको बैठक विवादबीच स्थगित भएको थियो । संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गरेको भन्दै संस्थापनइतरका चार शीर्ष नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेर विरोध जनाउनु भएको थियो ।