श्रीमानले जुत्ता धेरै किनेपछि श्रीमतीले दिइन् डिभोर्स दिने धम्की - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

श्रीमानले जुत्ता धेरै किनेपछि श्रीमतीले दिइन् डिभोर्स दिने धम्की



मानिसको आफ्नो आफ्नो सोख हुने गर्छ । आफ्नो सपना पुरा गर्न मानिसहरु दिनरात मेहनत पनि गर्छन् । अरु कसैको प्रवाह नगरी उनीहरु आफ्नो कामलाई मात्र ध्यान दिने पनि गर्छन् ।

तर, मानिसका केही यस्तै हर्कतका कारण अरुलाई विभिन्न समस्या आइपर्ने गर्छ । ब्रिटेनमा बस्दै आइरहेका एकजना व्यक्तिलाई जुत्ताको चाहा अत्यन्त रहेको छ । ४४ वर्षिय जेसन नाम गरेका एक व्यक्तिले मासिक १०० पाउण्ड जुत्ता किन्न खर्चिने गर्छन् ।

जेसनले पपुलर ब्राण्डका १५० वटा जुत्ता संकलन गरेका छन् । ५० वटा जुत्ता उनले पलंग मुनि राख्ने गर्छन् । बाँकी जुत्तालाई भने उनले दराजमा राख्ने गर्छन् ।

यही बानीका कारण जेसनकी पत्नीले उनीसँग डिभोर्स मागेकी छिन् । जेसनको आश्चर्य लाग्दो बानीका कारण ३६ वर्षिय फाएले डिर्भोस मागेकी हुन् ।

उनले जेसनलाई भनेकी छिन्,‘कि तिमी जुत्तामा फजुल खर्च गर्न बन्द गर, कि मलाई डिभोर्स देउ ।’

उनका अनुसार घरको धेरै जसो आम्दानी जुत्तामा खर्च गर्दा घर चलाउन गाह्रो परेको उनको गुनासो रहेको छ । उनले यस बानीले हैरान भएकी फाएले अन्तत उनलाई यस्तो धम्की दिएकी हुन् ।