बाबुरामले भने: सरकार कुहिएको फर्सी, ओली महागफाडी ! - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

बाबुरामले भने: सरकार कुहिएको फर्सी, ओली महागफाडी !



नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ। नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

उखानटुक्का भनेर जनतालाई भ्रममा पार्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट प्रधानमन्त्री ग्रस्त रहेको उनको भनाइ छ।

सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको नयाँ शक्तिको निष्कर्ष छ। सरकार अर्कमण्यता, भ्रष्टाचार एवं यथास्थितिको दलदलमा फसेकाले आफ्नै पार्टीकै नेताकार्यकर्ताबाट आलोचना हुन थालेको उसको विश्लेषण छ। प्रधानमन्त्रीको कार्यशैली र सरकारका गतिविधिले सत्तारूढ नेकपा पनि अधपतनको दिशामा गएको पनि भट्टराईको विश्लेषण छ।

सरकार भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट राम्रो देखिएको जस्तो मात्र भएको पनि उनको भनाइ छ। ‘आफूलाई कम्युनिस्ट, सर्वहारावादी, जनवादी, गरिबमुखी, समाजवादी, साम्यवादी आदि भन्न रुचाउनेको पहिलो बहुमतको सरकार बन्दा केही हुन्छ कि भन्ने आशा सर्वसाधारणमा जाग्रित हुनु अस्वभाविक थिएन’, बाबुरामले आफ्नो राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टीलाई राम्रोसंग थाहा थियो कि यिनीहरु भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट सगल्तो देखिएका मात्र हुन्। यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सके पनि देशको दीर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न सक्ने छैनन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।