प्रम ओली नै संघीयता बिरोधि: डा. कोइराला - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

प्रम ओली नै संघीयता बिरोधि: डा. कोइराला



गाईघाट । नेपाली कांग्रेका केन्द्रिय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकार संघीयता विरोधी भएको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन शत्रलाई बुधबार संबोधन गर्दै डा कोइरालाले सरकार संघियता असफल बनाउने खेलमा लागि परेको बताएका हुन् ।

उनले संविधानको भावाना विपरित वर्तमान सरकार संचालन भएको संघीयतालाई असफल बनाउने प्रयासमा प्रधानमन्त्री स्वयं लागिपरेको बताए । वर्तमान सरकारले सबै तहबाट अराजक हिसाबले जनतासंग कर असुल्नु संघियतालाई असफल बनाउने खेल रहेको बताए ।

नेपाल प्रहरीको संरचना संघिय सरकारको मातहतमा राखेको प्रदेशलाई प्रर्याप्त कर्मचारी नदिईनु त्यसको उदाहरण भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै डा कोइरालाले ‘सरकार संघियता विरोधि गतिविधि गरिरहेको छ, जनवादि केन्द्रियतामा विश्वास गर्ने कम्युनिस्ट पार्टी भएकाले संघियता विरोधि काम भैरहेको छ ।’

कांग्रेसको जिम्मेबारी संघियतालाई कसरी सफल बनाउने भन्नेतर्फ रहेको कोइरालाको तर्क थियो । नेपाली कांग्रेसको अगुवाईमा संविधान निर्माण भएकाले कांग्रेसको काधमा संघियतालाई सफल बनाउने जिम्मेबारी भएको र संघियता असफल भएमा संबिधान पनि असफल हुने र २०६२–०६३ को जनआन्दोलनको उपलब्धी खेर जाने कोइरालाको ठहर छ ।

उनले एक अर्को प्रशंगमा पार्टी नेतृत्वको संवाद हिनताको कारण पार्टी कम्जोर भएको बताउनु भयो कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्नको लागि आफु प्रयासरत रहेको कोइरालाको भनाई थियो ।

कांग्रेसलाई विषम परिस्थिति पनि जिल्ला र गाउँका कार्यकर्ताहरुले बचाउ गरे पनि कांग्रेसको केन्द्रको नेतृत्व गुट र उपगुटमा रमाई रहेकाले यसले पार्टीको सिंगो संगठनलाईनै क्षति पुग्ने भएकाले गुट उपगुगटको अन्त गर्नु पर्ने उनको भनाई रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले वर्तमान सरकार आफ्नो दायित्वबाट विमुख भएको बताए ।

सरकारले जनतालाई कसरी हुन्छ सहजता दिनु पर्नेमा दिन दिनै महंगी, बलात्कार, भ्रष्टचार बढ्दै गएको र जनतामा निराशा छाउँदै गएको बताए ।

कांग्रेसको नेतृत्वमा संबिधान निर्माण संगै कार्यान्वयन गर्न लागिए पनि नेकपा हाबी हुँदा काँग्रेसले जनताको पक्षमा काम गर्न नपाईरहेको घिमिरेको भनाई रहेको थियो ।

क्षेत्रीय सम्मेलनलाई नेपाली कांग्रेस उदयपुरका सभापति विदुर बस्नेत, बर्दियाका पार्टी सभापति तथा प्रतिनिधि सभाको निर्वाचनमा नेकपाका प्रभावशाली नेता वामदेव गौतमलाई पराजिगत गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित सञ्जय गौतम, प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी, प्रमिला राई, नमिता चौधरी, नेपाली कांग्रेस प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्की, प्रदेश सभा सदस्य सञ्जा दनुवार, नेपाली कांग्रेसका पूर्व केन्द्रिय सचेतक शोभाकर पराजुली, तरण दलका पूर्व केन्द्रिय अध्यक्ष विनोद कायश्थ, कांग्रेस नेतृ रिता खनाल, कांग्रेस उदयपुरका पूर्व पार्टी सभापति अर्जुन खड्का, महिला संघ सभापति लिला राई, क्षेत्र नम्बर १ का सभापति भोजराज खतिवडा, ३ का सभापति रामकुमार खत्रीले संवोधन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवाल, कांग्रेस संगठन विभाग प्रमुख मनोज बस्नेत, प्रशासन विभाग प्रमुख शिव कटुवालले संबोधन गरेका थिए । नेपाली कांग्रेसको संगठनलाई मजबुद बनाउनका लागि क्षेत्रीय सम्मेलन आयोजना गरेको क्षेत्रीय सभापति बसन्त कुमार बस्नेतले बताए ।

क्षेत्रीय सभापति बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा त्रियुगा नगर सचिव सुमन चौधरीले स्वागत तथा त्रियुगा नगरपालिका उपप्रमुख देवी कुमारी चौधरीले धन्यवाद ज्ञापन गरेकी थिइन् । यसैबीच क्षेत्रीय सम्मेलनको बिहीबार बन्दशत्र हुने क्षेत्रीय समितिका रुद्र पोख्रेलले बताए ।