प्रदेश नं पाँच टुक्र्याउन खोजे काँग्रेस आन्दोलन गर्ने
हिमाल पोष्ट /कपिलवस्तु, १२ मङ्सिर । नागरिकको भावना विपरीत नेपाली पाँच नं प्रदेशलाई टुक्र्याउन खोजे आन्दोलनमा उत्रने नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताले चेतावनी दिएका छन् ।
पार्टीका अगुवा कार्यकर्ताले आज बाणगङ्गा नगरपालिकाको जितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिकको मागबिना नै संशोधन प्रस्तावमार्फत पाँच नं प्रदेशलाई टुक्र्याउन खोज्नु मुलुककै लागि दुर्भाग्य हुने बताएका छन् ।
मधेसी समुदायले समेत पहाडी जिल्ला अलग्याउनुपर्ने माग नराखेको अवस्थामा प्रदेश टुक्र्याउन खोजे आन्दोलन गर्ने नेपाली काँग्रेस क्षेत्र नं १ का सचिव अनिल घिमिरेले बताउनुभयो । रासस