प्रधानमन्त्री ओलीलाई अझै दुई दिन अस्पतालमै राखिने(विज्ञप्ति सहित)
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्तालले जनाएको छ । स्वास्थ्यमा असर देखापरेपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे ४ बजे शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।
उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताउनुभएको हो । छातीमा संक्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा कमी देखिएपछि ओलीलाई आज बिहान मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको हो ।
प्रधानमन्त्री ओलीलाई कार्डियोलोजी विभागको आइसियूमा भर्ना गरिएको र अवस्थामा सुधार हुँदै आएको अस्पताल प्रशासनले जानकारी गराएको हो । प्रधानमन्त्रीको उपचारमा मनमोहन मेमोरियल अस्पतालका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डा. अरुण सायमीको नेतृत्वमा डा. दिव्या सिंह र डा. सन्त दाससहित ३ सदस्यीय चिकित्सक टोली गठन गरिएको छ । उहाँलाई दुई दिन अस्पतालमै राखिने बताइएको छ ।