वढ्यो आलुको भाउ ! - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

वढ्यो आलुको भाउ !



काठमाडौं । भान्सामा सबैभन्दा धेरै खपत हुने आलुको मूल्य आकासिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ आलुको खुद्रा मूल्य न्यूनतम ८५ रुपैयाँ प्रतिकिलो तोकेको छ।

कालिमाटीबाट राजधानीका साना–ठूला बजार र पसलमा लगेर बिक्री हुने आलु प्रतिकिलो सय रुपैयाँसम्म पुगेको छ।

चार महिनाको अबधिमा आलुको मूल्य दोब्बर वृद्धि भएको हो। आलुको भाउ थोकमै वढ्दा खुद्रा मूल्य वढेको व्यापारीहरुले बताएका छन्। नेपालमा भारत, बंगलादेश र भुटानबाट आलु आयात हुन्छ। नेपालको आफ्नो उत्पादनले तीन महिना पनि धान्दैन।

तिहारपछि स्वदेशी आलु बजारमा आउने भएकाले मूल्य घट्ने व्यवसायीले बताएका छन्। आजको नयाँ पत्रिकाबाट ।