प्रधानमन्त्री केपी शर्मा ओली आइसियूमा भर्ना - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रधानमन्त्री केपी शर्मा ओली आइसियूमा भर्ना



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए। थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको अस्पतालका डा अरुण सायमिले जानकारी दिए।

उनको स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको हो।

शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण जान सकेका थिएनन्।

संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको छ।