प्रहरीले निर्दोष व्यक्तिलाई जबरजस्ती हत्या अभियोग स्वीकार गराउन चरम यातना दिएको खुलाशा - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

प्रहरीले निर्दोष व्यक्तिलाई जबरजस्ती हत्या अभियोग स्वीकार गराउन चरम यातना दिएको खुलाशा



सप्तरी । प्रहरीले निर्दोष व्यक्तिलाई जबरजस्ती हत्या अभियोग स्वीकार गराउन चरम यातना दिएको अर्को घटना बाहिर आएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा लापरबाही गर्नुका साथै निर्देषलाई यातना दिएको घटनामा प्रहरी आलोचित भइरहेको छ ।

सप्तरीमा पनि हत्याको एउटा घटनामा संलग्न भएको अभियोगमा युवकलाई पक्राउ गरेको कुटेको पीडित परिवारको दाबी छ । रिहा भए लगतै युवकलाई अस्पताल भर्ना गरिएको छ । राजविराजमा-१ कात्तिकमा मारिएकी आशा देवको हत्या गरेको कबुल गराउन प्रहरीले राजविराज ६ का युवक बिक्की मेहतरलाई निर्घात कुटपिट गरेको परिवारको दाबी छ ।

अनुसन्धान गर्न भन्दै २५ वर्षीय मेहतरलाई गत बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो । बयानका क्रममा आफू नगरपालिकाको सरसफाई कर्मचारी भएको र हत्यामा संलग्न नभएको बताएपनि प्रहरीले कुटपिट गरेर स्वीकार गर्न बाध्य पारेको बिक्कीले बताएका छन् ।

‘हत्यामा संलग्न छैन भन्दा पनि मानेनन् । प्रहरीले झण्डै ज्यानै जाने गरी कुटपिट गर्‍यो’ बिक्कीले भनेका छन् । प्रहरीले कुटपिट गरेको निलडाम अझै उनको शरीरमा छ ।

पाइपले कुट्यो, मुख र नाकमा पानी हाल्यो

मृतक आशा देवको घर जिल्ला प्रहरी कार्यालयको छेउमै छ । बिक्की देवकी छिमेकी हुन् । बिक्कीसँगै प्रहरीलेसुरज मेहतर र शंकर मेहतरलाई पनि पनि नियन्त्रणमा लिएको थियो ।

बिक्कीलाई प्रहरीले शुक्रबार छोड्ने तयारी गरेको थियो । यसका लागि उनकी पत्नी चन्दादेवीलाई बोलाएर जिम्मा लगाएको कागजमा सही छाप गराएको थियो । तर, शुक्रबार हिँड्न नसकेपछि शनिबार मात्रै छाडिएको छ । ‘शुक्रबार हिंडन नसकेकै कारण घर पठाइएन’ उनले भने ।

‘सुरुमा आशालाई तिमीले नै मारेको होइन ? भन्दै सई मोती रामले प्रश्न गरे’ बिक्की भन्छन्, ‘मैले अस्वीकार गर्दा पनि पटक-पटक यही प्रश्न सोधियो र प्लाष्टिकको पाइपबाट हिर्काए ।’ ‘त्यसपछि हात र खुट्टा बाँधपाँच मिनेटसम्म मुखमा पानी हालिराखे’ उनले भने, ‘सास नै रोकिएपछि बल्ल छाडे ।’ अहिले उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । अनलाइनखबरबाट साभार