नेकपाको चियापान स्थलमा तनाव - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

नेकपाको चियापान स्थलमा तनाव



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भृकुटीमण्डपस्थित चियापान स्थलमा तनाव भएको छ ।

चियापान वहिस्कार गर्न अपिल गर्दै नेकपाभित्रकै असन्तुष्ट समूह भनिएकाहरुले कार्यक्रमस्थलमा धमाधम पर्चा वितरण गर्न थालिएपछि तनाव भएको हो ।

नेकपा पक्षधर र पर्चा बाँड्नेहरुबीच केहीबेर तनाव हुन पुगेको बताइएको छ ।

उनीहरुले वितरण गरिएको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको छ ।

समानताको आधारमा एकता गरिनुपर्ने, विप्लव, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका कम्युनिष्ट पार्टीलाई पनि एकतामा ल्याइनुपर्ने, तत्कालिन नेकपा माओवादीको तर्फबाट नातावाद र कृपावादका आधारमा नेकपाको केन्द्रीय सदस्य बनेकाले त्यसलाई विघटन गरेर नयाँ केन्द्रीय समिति बनाइनुपर्ने, नागरिकको जनजिविकाको सवालमा पार्टीले तत्काल पहलकदमी लिनुपर्नेलगायतका माग अघि सारिएको छ ।