तीन महिनामा व्यापार घाटा साढे तीन खर्ब - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

तीन महिनामा व्यापार घाटा साढे तीन खर्ब



काठमाडौं : चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार ाटा साढे तीन खर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशत वृद्धि हो।

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार पछिल्ला वर्षमा आयात र निर्यातबीचको अन्तर निरन्तर फराकिलो बन्दै गएको छ। नेपालको सन्दर्भमा व्यापार घाटा बढ्नु नौलो नभएपनि तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च हो।

अमेरिकी डलरको भाउ आकाशिएसँगै पछिल्ला महिनामा व्यापार घाटा वृद्धिदरले पनि निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ। यही महिनामा एक अमेरिकी डलरको विनिमय दर ११८ रुपैयाँ पुगिसकेको छ।

यो हालसम्मकै उच्च हो। यो आर्थिक वर्षको सुरुसँगै डलरको भाउ बढ्ने क्रम सुरु भएकाले व्यापार घाटा अझ उच्च हुने अनुमान गरिएको छ।