प्रदेशका आधारमा मोटरसाइकल नम्बर प्लेट - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

प्रदेशका आधारमा मोटरसाइकल नम्बर प्लेट



काठमाडौ । दशैँअघि नैबद भएको बाग्मती अञ्चलको माेटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रीपरिषदले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो ।

अब पहिले जस्तो अञ्लको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइने आजको राजधानी दैनिकमा खबर छ । नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुवै नम्बर प्लेटको माथिल्लो लाइनको सुरुमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि सो प्रदेशभित्रको यातायात व्यवस्था कार्यलयको क्रमसंख्या जनाउने अंक उल्लेख गर्नुपर्ने छ ।