खानेपानी मन्त्रालय प्रकरण :योजनाकार नै छानबिन समितिको संयोजक - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

खानेपानी मन्त्रालय प्रकरण :योजनाकार नै छानबिन समितिको संयोजक



काठमाडौं । खानेपानी मन्त्रालयमा भएको २ अर्ब रुपैयाँ रकमान्तर प्रकरणमा मन्त्री विना मगरले बनाएको छानविन समितिमा रकमान्तर बदमासीमा संलग्न संयोजक नै छानविन समितिमा पनि संयोजक बनाइएको पाइएको छ । समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

आर्थिक वर्षको आखिरी दिनमा २ अर्ब ५४ करोड रुपैयाँ रकमान्तरमा सक्रिय बनेका प्रदेश १ का सिनियर डिभिजनल इञ्जिनियर अरुण सिंखडालाई नै संयोजक बनाउने काम सचिव गजेन्द्र ठाकुरले गरेका हुन् । सिंखडाले नै बजेट कहाँ कसरी दिने र कुन जिल्लामा बाँडफाँड गर्ने भन्नेमा सचिव ठाकुरलाई सघाउ गर्दै आएका थिए ।

यति मात्र होइन, कुन जिल्लामा कति रकम दिने भन्ने योजनासमेत सिंखडाले नै बनाउने गरेको समाचार अन्नपूर्ण पोष्टले छापेको छ । यस्तै व्यक्तिलाई रकमान्तर छानबिन समिति संयोजक बनाएर बदमासी ढाकछोपको प्रयास भइरहेको बताइएको छ ।