भालुको आक्रमणबाट तनहुँका एक व्यक्ति गम्भीर घाइते - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

भालुको आक्रमणबाट तनहुँका एक व्यक्ति गम्भीर घाइते



तनहुँ : भालुको आक्रमणबाट तनहुँका एक व्यक्ति गम्भीर घाइते भएका छन्।

भानु नगरपालिका–११ रुपाकोट खाल्टेका ४८ वर्षीय भीमबहादुर तामाङ घाइते भएका हुन्। घर नजिकैको सिखा जंगलमा घाँस काट्न गएका बेला भालुको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

भालुको आक्रमणबाट हात भाँचिनुका साथै घाँटीमा ठूलो चोट लागेको छ। बुधबार दिउँसो करिब १ बजेतिर आफ्नो श्रीमतीसँगै घाँस काट्न जंगल गएका तामाङलाई भालुले आक्रमण गरेको र श्रीमतीले चिच्चाई कराई गरेपछि स्थानीयले खबर पाएको बताइएको छ।

स्थानीयबासीको सहयोगमा घाइते तामाङको लमजुङको सुन्दरबजारस्थित कर्मदा अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि विर अस्पताल काठमाडौंमा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। भालुको खोजी गरिएको भए पनि फेला पार्ने नसकिएको प्रहरीको भनाइ छ।