पूर्व एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले प्रहरी जवान कुटे - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

पूर्व एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले प्रहरी जवान कुटे



स्याङ्जा– स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले प्रहरी जवानमाथि हातपात गरेका छन्। पूर्व एमालेबाट निर्वाचित खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीलाई हातपात गरेका हुन्।

क्याक्मी र दार्सिङका युवाहरुबीचकाे भलिबल प्रतियोगितामा भएको झगडालाई साम्य पार्न नसकेको भन्दै मानन्धरले प्रहरी जवान चौधरीमाथि हातपात गरेको बताइएको छ।

ती समूहबीच गत वर्ष पनि भलिबल प्रतियोगितामा झगडा हुँदै आएको बताइएको छ। खेल प्रतियोगिताको सुरक्षाका लागि ३ प्रहरी जवान खटिएका थिए।

मानन्धरले हातपात गरेका प्रहरी जवानलाई सामान्य चोटपट लागेको छ। गाउँपालिका अध्यक्षले कानुन हातमा लिनु दुर्भाग्य भएको प्रमुख जिल्ला कोषहरि निरौलाले बताए। उनले मानन्धरको कार्यप्रति आपत्ति जनाएका छन्।

घटनाकाे पूर्ण विवरण पेस गर्न निर्देशन दिएको बताउँदै निरौलाले त्यसै अनुरुप कानुनी प्रक्रिया सुरु गर्ने बताए।