भत्ता वितरणमा अंकुस लगाउँदै सरकार - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

भत्ता वितरणमा अंकुस लगाउँदै सरकार



काठमाडौं । तल्लो तहका सरकारलाई आफुखुसी समाजिक सुरक्षा भत्ता वितरणमा अंकुस लगाउँदै सरकारले सामाजिक सुरक्षा ऐन २०७५ कार्यन्वयनमा ल्याएको छ ।

संसदलेपारीत गरेको सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई सरकारले राजपत्रमा प्रकाशित गरेर यो व्यवस्थालाई बाध्यकारी बनाएको हो । सामाजिक सुरक्षा भत्ताका लागि संघिय सरकारबाटै बजेट छुट्याइने भएकाले तल्ला सरकारले सोही प्रकिृत्तिका भत्ता बाँड्न नपाउने संघिय सरकारको निष्कर्ष छ ।

यो व्यवस्था अनुसार तल्लो तहका सरकारले आफुखुसी कार्यक्रम ल्याएर सामाजिक सुरक्षा भत्ता बाड्न नपाउने आजको कारोबार दैनिकमा खबर छ ।