नेकपामा नयाँ गुटको जन्म,नेपाल र श्रेष्ठको नेतृत्व - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेकपामा नयाँ गुटको जन्म,नेपाल र श्रेष्ठको नेतृत्व



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपामा नयाँ गुटको जन्म भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले चर्को आलोचना गर्दै आएका थिए।

उनीहरुले सोमबारको सचिवालय बैठकमा सचिवालयको अघिल्लो निर्णय सदर गर्न गरिएको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर पार्टीमिभ नयाँ गुटको जन्म दिएको समाचार राजधानी दैनिकमा छ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याउन प्रतिवद्धता व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद साम्य भएजस्तो देखिए पनि नेपाल र श्रेष्ठले असहमति जनाएका छन्।