यस्तो छ केशव स्थापितको यौन दुर्व्यवहार काण्ड ! - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

यस्तो छ केशव स्थापितको यौन दुर्व्यवहार काण्ड !



प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लगोको छ।

स्थापितमाथि यस अघि पनि यस्तै आरोप लगाएकी सञ्चारकर्मी रश्मिला प्रजापतिले आइतबार सामाजिक सञ्जालमार्फत् उक्त प्रकरणबारे पुनः लेखेकी छन।

काठमाडौं महानगरपालिकाको मेयर रहेको बेला १५ वर्ष अघि स्थापितले आफूलाई यौन  दुर्व्यवहार गरेको रश्मिलाको दावी छ।

स्थापितबाट अरु धेरै महिलामाथि पनि यौन उत्पीडन भएको तर, सबैले मुख खोल्न नसकेका उनले बताएकी छन्।

यस अघि अर्की सञ्चारकर्मी उज्ज्वल महर्जनले पनि स्थापितले राती अबेरसम्म पटकपटक फोन गरेर दुःख दिने गरेको बताएकी थिइन्।

तर, स्थापितले भने आफूमाथि लागेको आरोप झुटो भएको दावी गरेका छन्। उनले आफूले रश्मीला प्रजापतिलाई नचिनेको बताए।